२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मस्क मालिक बनेसँगै ट्विटरको जागिर किन छोड्दै छन् कर्मचारी ?

अ+ अ-

काठमाडौँ । ट्विटरको स्वामित्व एलन मस्कले लिएसँगै उच्चपदस्थ कर्मचारी तथा विज्ञापनदाताले ट्विटरसँगको सहकार्यलाई अन्त्य गर्न थालेका छन्। ट्विटरको स्वरूप तथा प्रशासनमा परिमार्जन गर्ने मस्कको योजनाका कारण विज्ञापनदाता तथा उच्चपदस्थ कर्मचारीले ट्विटरसँगको सहकार्य छोड्न लागेका छन्।

हालसम्म पाँच उच्चपदस्थ अधिकारीले ट्विटर छाडेका छन्। ट्विटर त्याग्नेमा बजार व्यवस्थापक प्रमुख, ग्राहक व्यवस्थापन प्रमुख, मानव संसाधनमा विविधताका विषय हेर्ने प्रमुखलगायत छन्। आगामी दिनमा अरूले पनि ट्विटर छोड्न सक्ने बताइएको छ।

मस्क ट्विटरको मालिक बनेसँगै आयको ९० प्रतिशत योगदान गर्ने विज्ञापनदाताले पनि साथ छोड्न लागेका छन्। मस्कले ट्विटरको विषयवस्तुबारे नीति परिमार्जन गरेसँगै त्यहाँबाट अफवाह फैलिन सक्ने चिन्ताले विज्ञापनदाताहरूले सहकार्य अन्त्य गर्न खोज्दै छन्।

विज्ञापन बजारमा विश्वकै ठूलो कम्पनीमध्ये आइपिजीले तत्कालै ट्विटरमा विज्ञापनका निम्ति खर्च नगर्न सुझाएको छ। परिमार्जनका विषयमा धैर्य गरेर बस्न उसले सुझाव दिएको हो।

आइपिजीले अमेरिकन एक्सप्रेस, कोकाकोला, जोन्सन एण्ड जोन्सनजस्ता कम्पनीका विज्ञापन हेर्छ। विज्ञापन बजारमा उसले वार्षिक ४० अर्ब डलर बराबरको कारोबार गर्छ। आइजिपीको स्वामित्वमा रहेको ब्ल्याक ग्लास परामर्शदाता कम्पनी हो।

ब्ल्याक ग्लासकी प्रमुख कार्यकारी अधिकृत केट कलम्परका अनुसार यो संस्थाले गरेको सर्वेक्षणअनुसार वालमार्ट, पेप्सी काडिल्याकजस्ता संस्थाले ट्विटरमा विज्ञापन स्थगित गर्ने बताएका छन्।

‘धेरै कम्पनीले मस्कको नाटक नियालिरहेका छन्। आफ्नो ब्राण्ड र व्यापारलाई अब ट्विटरमा लाने वा नलाने भन्ने विषयमा उनीहरू सोचमग्न छन्,’ केटले भनेकी छिन्।

उत्तरदायी मिडिया सामग्रीका सवालमा विज्ञापनदातासँग सहकार्य गर्ने संस्था ग्लोबल एलायन्स फर रेन्सपोनसिबल मिडियाले ट्विटका विषयवस्तुमा गरिने परिमार्जन अनुगमनको जरुरी रहेको बताएको छ। मस्कले स्वामित्व लिएसँगै ट्विटर अस्तव्यस्त छ।

उनले स्वामित्व आफूले लिएकै दिन प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाल र प्रमुख वित्तीय अधिकृत नेड सेगललाई बर्खास्त गरेका छन्। ट्विटरमा उनले आफ्ना विश्वासपात्र इन्जिनियरहरूलाई भित्र्याएका छन्। ट्विटरमा कर्मचारी कटौतीको योजना अघि सारेका मस्कले आफ्ना विश्वासपात्रलाई धमाधम भित्र्याइरहेका छन्। यो कदम आफूले चाहेअनुसार ट्विटर परिमार्जनका लागि रहेको आकलन भइरहेको छ।

मंगलबारमात्रै मस्कले निलो चिन्हसहित ट्विटर चलाइरहेका प्रयोगकर्ताले मासिक आठ डलर तिर्नुपर्ने योजना अघि सारेका छन्। आठ डलर तिरेपछि कम विज्ञापन रहेका लामा भिडिओ हेर्न सकिने र थप पैसा तिरेर हेर्नुपर्ने समाचारका विषय पनि त्यही रकमभित्रै बाट हेर्न सकिने योजना उनको छ।

ट्विटर यस संस्थासँग सन् २०१९ देखि आबद्ध छ। यसले हिंसात्मक विषयवस्तु तथा अफवाह फैलाउने विषयवस्तुहरू सामाजिक सञ्जालमा निरुत्साहित गर्छ। ‘ब्रान्ड सुरक्षाका सवालमा विज्ञापनदाताले कुनै सम्झौता गर्नेछैन,’ त्यस समूहले लेखेको छ।

जिएम मोटर्सले पनि अब ट्विटरलाई विज्ञापन नदिने भएको छ। टेस्लासँगको प्रतिस्पर्धी रहेका कारणले उसले आइजिपीको सुझावलाई समेत ध्यानमा राखेर विज्ञापन स्थगित गरेको हो।

४० भन्दा बढी नागरिक समूह र ट्विटरमा विज्ञापन गरिरहेका २० बढी विज्ञापनदाताले खुलापत्र लेख्दै विषयवस्तुका नीति मस्कले हेरफेर गरे विज्ञापन नगर्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस