८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलाई र माधव नेपाललाई हराउन ओलीले १० करोड दिएर मान्छे पठाएका छन् : विरोध खतिवडा

अ+ अ-

हेटौँडा । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् गठबन्धनको तर्फबाट मकवानपुर-२ का उम्मेदवार विरोध खतिवडाले आफू र माधव नेपाललाई हराउन केपी शर्मा ओलीले १० करोड दिएर मान्छे खटाएको दाबी गरेका छन् ।

मकवानपुरको हेटौँडामा भएको कार्यक्रममा बोल्दै खतिवडाले आफूलाई हराउन केही व्यक्तिहरू केपी ओलीले पठाएको पैसा बोकेर परिचालन भएको सूचना आफूले पाएको बताए । ‘विरोध र माधवलाई जसरी पनि यो चुनावबाट हराउनुपर्छ भनेर केही मान्छे लागिपरेको सुनेको छु ।’, खतिवडाले भने, ‘एमालेका अध्यक्ष केपी ओलीबाट दश करोड रुपैंया बुझेर केही मान्छे मलाई हराउन लागेका छन् अरे ।’ खतिवडाले आफूलाई हराउने एमाले अध्यक्ष ओली जति पनि खर्च गर्न तयार छन् भन्ने सुन्नमा आएको बताए । ‘पैसा बुझेर हराउन लागेकाहरू मेरा गोप्य कुरा तथा कमजोरी पत्ता लगाउन खटिएका छन् भन्ने सुनेको छु ।’ खतिवडाले भने ।

खतिवडाले मकवानपुरमा आफूहरू गठबन्धनका उम्मेदवार रहेकाले काँग्रेस, माओवादीका मतदाताहरूलाई भ्रममा नपर्न आग्रह गरे । ‘कतै काँग्रेस त कतै माओवादी केन्द्रबाट उम्मेदवार छैनन् भनेर भ्रमहरू छरिएको छ ।’ खतिवडाको भनाई छ, ‘हामी शेरबहादुर, प्रचण्ड र माधव नेपालको नेतृत्वमा बनेको गठबन्धनको साझा उम्मेदवार हौँ ।’

खतिवडाले मकवानपुरमा एमालेबाट जितेका करिब आधा दर्जन वडाध्यक्षहरूले आफूलाई सहयोग गर्न लागेको दाबीसमेत गरे ।’ खतिवडाले भने, ‘उनीहरूको नाम भनौँ भने अरिङ्गालले मुख सुन्निने गरी हान्लान् ।’ खतिवडाले ती वडाध्यक्षहरूको नाम अहिले भन्दा उनीहरूमाथि असुरक्षा हुने बताए ।

प्रतिक्रिया दिनुहोस