८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टि-२० विश्वकप : बंगलादेशविरुद्ध भारतको रोमाञ्चक जित, यस्तो बन्यो अङ्क तालिका !

अ+ अ-

काठमाडौँ । आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले बंगलादेशमाथि जित निकालेको छ ।

अष्ट्रेलियाको एडिलेटमा वर्षाले प्रभावित खेलमा भारतले बुधबार बंगलादेशलाई डीएल पद्दतिको आधारमा ५ रनले हराएको हो ।

भारतले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।

बंगलादेशले जवाफी ब्याटिङ गरिरहदा वर्षाले प्रभावित गरेपछि खेल १६ ओभरमा झारिएको हो । र, बंगलादेशले नयाँ लक्ष्य पाएको थियो ।

बंगलादेशका लिटोन दासले ६० रनको अर्धशतकीय इनिङ खेले । नाजमुल होसेनले २१ रन जोड्दा कप्तान शकिब अल हसनले १३ रन बनाए ।

नुरुल हसन २५ तथा तास्किन अहमेद १२ रनमा अविजित रहे ।

भारतका अर्शदिप सिंह र हार्दिक पाण्डयले २र२ विकेट लिए । मोहमद शामीले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

भारतका लागि विराट कोहलीले अविजित रहदै ६४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै केएल राहुलले ५० रनको अर्धशतकीय इनिङ खेले । सूर्यकुमार यादवले ३० रन बनाए ।

बंगलादेशका हसन ममुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए । भारतको यो तेस्रो जित हो । जितसँगै भारतले ४ खेलमा ६ अङ्क जोडेको छ ।

भारत समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेश ४ खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस