९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘म मेची बगरको मान्छेले लिम्पियाधुरा र लिपुलेक देखेँ, तर शेरबहादुर देख्नुहुन्न’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मेची बगरको मान्छे भएपनि महाकालीको लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेको तर प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराकै भएर पनि लिम्पियाधुरा र लिपुलेक नदेखेको टिप्पणी गरेका छन् । बैतडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई विकासको बाटोमा अगाडि बढाउने दाबी गरे । 

उनले भने, ‘झुलाघाटमा पक्की पुल बनाउने जिम्मा एमालेले लिन्छ । म लिन्छु । यो पोल मात्रै होइन, गोकुलेको विद्यालयलगायतका विकासका काम अघि बढाउनुपर्छ भन्ने मलाई थाहा छ । महाकाली कोरिडोरमा पक्की बाटो जान्छ ।’ ‘म मेची किनारको मान्छेले लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेँ, तर शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री हुँदा देख्नुभएन । म झुलाघाटको पुल देख्छु । शेरबहादुर देउवा देख्नुहुन्न’, ओलीको भनाइ छ । 

उनले यसअघि आफू भारतमा जाँदा दार्चुलाका तत्कालीन सांसद गणेश ठगुन्नालाई सँगै भारत लगेर त्यहाँका गभर्नर लगायतका अधिकारीसँग राखेर स्थानीय तवरमा वार्ता गर्नु सुझाएको भन्दै आफूले उत्तराखण्डमा पुल बनाउन दिल्लीलाई सहमत गराएको पनि बताए । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विकासका काम गर्दागर्दै पार्टीभित्र मधुकैटभहरु जन्मिएकाले काम गर्न नदिएको बताए । 

प्रतिक्रिया दिनुहोस