११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनले दुई तिहाइ बहुमत पाउँछ, सातै प्रदेशमा हाम्रो सरकार हुन्छ : वर्षमान पुन

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आसन्न निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनले सङ्घमा दुई तिहाइ क्षेत्रमा जित हासिल गर्ने दाबी गरेका छन् । रोल्पामा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पुनले निर्वाचनपछि सङ्घ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने पनि दाबी गरेका हुन् ।

पुनले भने, ‘आगामी निर्वाचनबाट गठबन्धनले कम्तीमा दुई तिहाइ बहुमत पाउँछ । यो मेरो दाबी हो । तथ्यहरूले यो देखाएको छ । हामी दुई तिहाइ सङ्घमा जित्दैछौँ । प्रदेशमा सातै प्रदेशमा हाम्रो सरकार हुन्छ ।’ गठबन्धनले घोषणापत्रमार्फत शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिएको उनको भनाई छ। तिनै तहका सरकारका समन्वयमा घोषणापत्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता उनले जनाए। 

विगतमा केपी ओली नेतृत्वको सरकारले अवसर पाएर पनि स्थायित्व कायम गर्न नसकेको पुनले बताए। अब गठबन्धनले देशका लागि समेत केही न केही नयाँ र असल जगको सुरुवात गर्ने उनले बताए। अहिलेको गठबन्धनले देशको विकासका लागि साझेदारी गर्ने बताए। गठबन्धन गरेर निर्वाचन लडे पनि पछि राष्ट्र निर्माणका लागि हातेमालो गर्ने सबै नागरिकसँग सहकार्य गर्ने उनले बताए। 

विपक्षी नेकपा (एमाले) को गठबन्धन प्रतिगामी भएको पुनको भनाई छ । विगतका निरङ्कुश शक्तिलाई एमालेले बोकेको पुनको आरोप छ । गणतन्त्र र लोकतन्त्रका लागि लडेका एमालेका कार्यकर्ता पनि परिवर्तनको पक्षमा उभिनुपर्ने उनको भनाई छ । पार्टी बन्धनबाट बाहिर निस्केर अन्तरआत्मालाई सुन्न उनले एमाले कार्यकर्तालाई आग्रह गरे। राजनीतिक आवश्यकताका आधार वर्तमान गठबन्धन बनेको नेता पुनले बताए । संविधानको रक्षार्थ वर्तमान गठबन्धन बनेको र गत चुनावमा परीक्षण समेत भइसकेकाले एक अर्को दललाई मत दिन हिचकिचाउनु नपर्ने कार्यकर्तालाई उनको आग्रह थियो । 

सुशासन कायम गर्नु वर्तमान गठबन्धनको मुख्य उद्देश्य भएको पनि पुनले बताए । नागरिकमैत्री सार्वजनिक प्रशासनमा उनले जोड दिए। मुलुकमा पटक पटक राजनीतिक क्रान्ति भएको भन्दै उनले अब आर्थिक र सामाजिक रूपान्तरणको समय आएको बताए। आर्थिक र सामाजिक रूपान्तरणमा दलहरू केही हदसम्म पछि परेको पनि उनको ठम्याइ छ । 

प्रतिक्रिया दिनुहोस