१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावपछि म प्रधानमन्त्री बन्ने सम्भावना छ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन्।

शुक्रबार गोरखा नगरपालिका–१४ स्थित याङकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले गोरखाबाट निर्वाचनमा होमिएका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले गठबन्धनलाई विजयी गराए सुरेन्द्र पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री र आफू प्रधानमन्त्री बन्ने ठोकुवा समेत गरे।

‘तर्पांहरुले दिएको शक्ति लिएर सुरेन्द्र पाण्डेजी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना छ। फडिन्द्रजी मन्त्री बन्ने सम्भावना छ। निर्वाचनपछि मैले देशको नेतृत्व लिने सम्भावना छ। तपाईँहरूले हामीलाई बलियो बनाएर पठाउनुभयो भने हाम्रो तागत सिंहदरबारभित्र र प्रदेश सरकार भित्र पनि बलियो हुन्छ,’ प्रचण्डले भने।

साथै उनले गोरखाको विकास र समृद्धिको यात्रा तीव्र र द्रूत गतिमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सबैले बिना हिचकिचाहट रुख र हँसिया हथौडामा मतदान गर्नुपर्ने बताए।

‘विस्तृत शान्ति सम्झौता पश्चात् गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाएको हो। मैले रुखमा छाप लगाएको हो। म माओवादीका साथीहरूले रुखमा छाप लगाउन अप्ठ्यारो मान्नु पर्दैन। यदि तपाईँहरूलाई प्रचण्डको नेतृत्व, माओवादी केन्द्र र शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्रमा आउनु ऐतिहासिक कर्म हो भन्ने लाग्छ भने रुखमा छाप हाल्दा अफ्ठा्रो मान्नुपर्ने कुनै कुरा छैन। किनकि रूपमा सबैभन्दा पहिले छाप मैले लगाएको हो। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नु भनेको रुखमा छाप लगाउनु जस्तै हो। मसँग मिलेर शान्ति सम्झौतामा हस्ताक्षर गर्नु भनेको माओवादीको हँसिया हतौडालाई पनि स्वीकार गर्नु हो,’ उनले भने। उनले गोरखाबाट असाधारण बहुमत आउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस