१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषधको मुद्दामा अभियुक्तलाई छुटाउने इन्स्पेक्टर सुनारमाथि कारबाही

अ+ अ-

काठमाडौँ । लागुऔषधको मुद्दाको अनुसन्धानमा चलखेल गरी अभियुक्तलाई छुटाउन सहयोग गर्ने नेपाल प्रहरीका इन्स्पेक्टर कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर लालबहादुर सुनारमाथि कारबाही भएको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका अभियुक्तसँग आर्थिक लाभ लिई मुद्दालाई कमजोर बनाएको छानबिनमा खुलेपछि उनी कारबाहीमा परेका हुन् ।

प्रहरीकै कमजोरीले लागुऔषध मुद्दामा अभियुक्तहरू धरौटीमा छुटेका थिए । छानबिनका क्रममा प्रहरीले अनुसन्धानका आधारभूत सिद्धान्तसमेत पालना गरेका थिएनन् । बरामदी रोहबरमा कम्तीमा एक जना जनप्रतिनिधि वा सरकारी कर्मचारीलाई राख्नुपर्नेमा उनले कसैलाई राखेका थिएनन् । साथै, बरामदी कपडाको समेत सनाखत गराएका थिएनन् ।

अभियुक्तलाई फाइदा हुने गरी अनुसन्धान प्रतिवेदन तयार गरेको खुलेको छ । सोही आधारमा अभियुक्तलाई अदालतले छाडेको थियो । अभियुक्तबाटै लागुऔषध बरामद भएको प्रस्ट प्रमाण नै नराखी मुद्दा दायर गरिएको थियो, जस कारण अदालतले धरौटीमा छाडेको थियो । अनुसन्धानमा लापरबाही गरेकाले इन्स्पेक्टर सुनुवारलाई नसिहत दिइएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए ।

सो घटनामा सुर्खेतका एसपी पदबहादुर विष्टमाथि समेत कारबाही भएन । स्रोतका अनुसार यो घटनामा एसपी विष्टको पनि शङ्कास्पद भूमिका देखिएको थियो ।

एसपी र इन्स्पेक्टरकै मिलेमतोमा अभियुक्तलाई जोगाउन खोजेको सूचना प्रहरी प्रधान कार्यालयले पाएको थियो, तर एसपीमाथि विस्तृत छानबिन नै नगरिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस