८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्कुल बसमा कडाइ, क्षमताभन्दा बढी विद्यार्थी बोके तुरुन्तै कारबाही गरिने 

अ+ अ-

काठमाडौँ । निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी बोक्ने भ्यान र बसलाई अबदेखि कडाइ गरिने भएको छ। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयोजकत्वमा आइतबार बसेको नेपाल अभिभावक महासङ्घ, हिसान, प्याब्सन र एन प्याब्सनको संयुक्त स्कुल बसहरूको व्यवस्थापन सहजीकरण बैठकले अबदेखि  कडाइ गर्ने निर्णय गरेको हो।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष शुप्रभात भण्डारीका अनुसार बैठकले स्कुल भ्यानमा उल्टो सिट बनाएर विद्यार्थीहरूलाई चढाई बस चलाउन नपाइने निर्णय गरेको छ।

​त्यस्तै, बसमा क्षमताभन्दा बढी विद्यार्थी राख्न नपाइने, चालक र सहचालकलाई बेला बेला ओरेनन्टसन लिइनुपर्ने निर्णय भएको जानकारी दिए।

गत बुधबार लाजिम्पाटस्थित वेस्ट एलिमेन्ट्री मन्टेसरी स्कुलमा अध्ययनरत १३ वर्षीय आयुष्मान् दाहाल स्कुल छुट्टी भएपछि सोही स्कुलको बा१क ४६४२ नम्बरको बसमा चढेर घर फर्किने बेला सिटबाट झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकको रुखमा ठोक्किएर उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

त्यसपछि तत्कालै उनलाई उपचारका लागि सो स्कुलका व्यवस्थापकले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगे पनि उनको उपचार क्रममा बिहीबार निधन भएको थियो। यो घटनापछि ट्राफिक प्रहरीले स्कुल बस र भ्यानलाई कडाइ गर्ने भएको हो। 

प्रतिक्रिया दिनुहोस