६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवारलाई बाढीपीडितको ८ बुँदे कबुलियतनामा, तटबन्ध निर्माण गर्न चासो दिनेलाई भोट

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका १२ का वनहरा-दोदा नदीको बाढीबाट बर्सेनि पीडित हुँदै आएका परिवार सङ्गठित भई मत माग्नका लागि घर दैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउने भएका छन् ।

बाढी पीडित परिवारले वनहरा-दोदा नदी बाढीपीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउनका लागि उम्मेदवारका लागि आठ बुँदे कबुलियतनामा तयार गरेका हुन् ।

कबुलियतनामा हस्ताक्षर गरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न चासो दिने उम्मेदवारलाई मतदान गर्ने सोच यस क्षेत्रका बासिन्दाको रहेको छ ।

‘विगतमा मौखिक प्रतिबद्धता जित्ने र हार्ने सबै उम्मेदवारले गरे’ बाढी पीडित परिवारका लक्ष्मण रानाले भने, ‘चुनावपछि कोही फर्केनन्, त्यसैले यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारलाई कार्यप्रति जिम्मेवार बनाउन कबुलियतनामा तयार गरी हस्ताक्षर गराउने कार्यमा लागेका छौँ ।’ अहिलेसम्म विभिन्न पार्टीका कार्यकर्ता मत माग्नका लागि घरदैलोमा पुगे पनि उम्मेदवार भने नपुगेको उनले गुनासो गरे ।

‘उम्मेदवारले कबुलियतनामा प्रति सकारात्मक भई हस्ताक्षर गरेमा मात्रै मत दिनका लागि जान्छौँ’ सेन रानाले भने । ‘उम्मेदवारले यसमा उदासीनता देखाए मत हाल्दैनौँ ।’

‘दोदा नदीको तटीय क्षेत्रमा अवस्थित बस्ती तिल्की, दुवाहा, आमघाट, दम्मलपट्टी, अग्लिपट्टी, बडवैकामा नदीको कटानबाट जोगाउन महाकाली नदीको जस्तै गुरुयोजना बनाइ क्रमागत योजनाअन्तर्गत बलियो ढुङ्गाको तटबन्ध बनाइ कार्य गर्न प्रतिबद्ध छौँ’ बाढीपीडित सङ्घर्ष समितिले उम्मेदवारका लागि तयार गरिएको कबुलियतनामामा भनिएको छ, ‘यो कार्य गर्न नसकेमा तीन वर्षभित्र जनप्रतिनिधि पदबाट राजीनामा दिनेछौँ ।’

बाढी पीडित क्षेत्रलाई मन्त्रिपरिषद्बाट बाढीजन्य विपद् सङ्कट क्षेत्र घोषणा गराउनका लागि उम्मेदवारका लागि तयार गरिएको कबुलियतनामामा उल्लेख गरिएको छ ।

‘वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन बिना वनहरा दोदा नदीमा बालुवा उठाउने कार्य बाढी पीडित समुदायको सहमतिमा मात्रै गर्न पाउने व्यवस्था लागू गर्न कबुलियतनामा उल्लेख गरेका छौँ’ सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष मङ्गल चौधरीले भने, ‘निर्वाचनका बेला मत माग्नका लागि आएझैँ हरेक छ महिनामा विजयी हुने र नहुने उम्मेदवारले जनताका आवश्यकता, गुनासा र समस्या सुन्नका लागि बाढी पीडितको बस्तीमा पुग्नुपर्ने छ ।’

उनका अनुसार उम्मेदवारले बजेट विनियोजन गर्दा सङ्कटा सन्न आवश्यकताको आधारमा गरिनुपर्ने छ । युवा स्वरोजगारका लागि हरेक समुदायमा कम्तीमा पाँच जनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनका लागि बैङ्कसँग समन्वय गराउन पनि प्रतिबद्धता गर्नुपर्ने छ । अति विपन्न गरिब थारु समुदायका बेरोजगार युवालाई रोजगारको ग्यारेन्टी गर्नका लागि सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने कुरा पनि उल्लेख गरिएको छ । कबुलियतनामामा उल्लेख गरिएका कुरा अक्षरसः पालना गर्ने उम्मेदवारले यस पटकको निर्वाचनमा मत पाउने उनको भनाइ थियो।

किसानलाई सहुलियतपूर्ण तरिकाले रासायनिक मल र प्राविधिक सेवा सुनिश्चित गरी कृषि उपज खरिद बिक्रीका लागि मूल्य निर्धारणसहित खरिदबिक्री केन्द्र स्थापना गर्नुपर्ने कुरा कबुलियतनामा सर्तका रूपमा राखिएको छ । उक्त नगरपालिकाको वडा नं १२ बाढीग्रस्त क्षेत्रका रूपमा परिचित छ । गत असोज महिनामा आएको बाढीबाट २७ भन्दा बढी परिवार विस्थापन भएका थिए । बाढीले नदी तर्ने एक मात्रै झोलुङ्गे पुल भत्काइदिए पछि नदीमा अस्थायी काठको पुल बनाएर स्थानीयवासीले आवतजावत गर्दै आएका छन् ।

बाढीको पानीले भत्काएका सडक अहिलेसम्म मर्मत नहुँदा यस क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्दै आएका छन् । बाढीका कारण धान, उखु, सखरखण्ड, बदाम लगायत बालीमा किसानले निकै ठुलो क्षति व्यहोरेका छन् । बाढीले निकै क्षति गरे पनि हालसम्म हालखबर सोध्नका लागि कोही पनि आई नपुगेको बाढीपीडित परिवारको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस