२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्रालयले भन्यो : निर्वाचनको भिडभाडले नयाँ भेरियन्ट फैलिन सक्छ

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भिडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले कोभिड-१९ को संक्रमण कायम रहेकाले सङ्क्रमणबाट बच्न भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरूमा भिडभाड गर्दा कोभिड-१९ को संक्रमण दर बढ्न सक्ने बताए।

उनले देशमा कोभिड संक्रमण दर धेरै नभए पनि सङ्क्रमणको अवस्था भने यथावत रहेको उल्लेख गरे।

उनले भने, ‘ठुलो मात्रामा मानिसहरू एक ठाउँ भिडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण नै मान्छौँ। त्यसमा एउटा मानिसमा भएको कुनै पनि किसिमको संक्रमण अरू मानिसमा थप जान सक्छ। कोभिड १९ को महामारी हामीले भोगेको अवस्था र हामीसँग संक्रमण अहिले पनि रहिराखेको अवस्था छ। विश्वका विभिन्न ठाउँहरूमा नयाँ भेरियन्टहरु देखिएको अवस्थालाई हेर्दाखेरि भिडभाड हुने गतिविधिहरूलाई हामीले एकदमै सावधानीका साथ अगाडि लिएर जानुपर्छ। जनस्वास्थ्यका मापदण्डहरू विशेष रूपमा ख्याल गर्नुपर्ने हुन्छ।’

प्रवक्ता अधिकारीले विश्वव्यापी रूपमा कोभिड-१९ को संक्रमण घटेको बताए। देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उनको भनाइ छ। तर पनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउन सक्ने सम्भावनाका कारण सावधानी अपनाउनुपर्ने उनले स्पष्ट पारे।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीका अनुसार अहिलेसम्म ६ करोडभन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ। जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्याङ्क छ।

उनले खोप लगाउने लक्षित जनसङ्ख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए।

उनले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताए। उनले कोभिड १९ विरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिए।

सर्वसाधारणहरूलाई नियमित रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई सम्पर्क गरी कोभिड १९ विरुद्धको खोप लगाउन पनि डा. अधिकारीले आग्रहसमेत गरे।

प्रतिक्रिया दिनुहोस