१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव नजिकिएसँगै देउवा, ओली र प्रचण्ड देश दौडाहामा, यस्तो छ आजको कार्यतालीका !

अ+ अ-

काठमाडौं । आम चुनाव नजिकिएसँगै ठूला दलका शीर्ष नेताले चुनावलक्षित कार्यक्रमका लागि देश दौडाहा तीब्र पारेका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विभिन्न चुनाव क्षेत्रमा प्रचार प्रसारका लागि पुगेका छन् ।

उनीहरूले निर्वाचन आयोगबाट प्रमुख प्रचारकको हैसियतमा चुनावी प्रचारका लागि हेलिकप्टर प्रयोग गर्न पाउने अनुमति पनि लिएका छन् ।

निर्वाचन आयोगले १७ कात्तिकदेखि चुनाव प्रचारप्रसारको अनुमति दिए लगत्तै प्रमुख तीन पार्टीका नेता सक्रिय भएका हुन् । मंगलबार पनि उनीहरू चुनाव केन्द्रित गतिविधिमा सक्रिय हुने भएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र डडेलधुरामा दुई दिन बिताएका देउवा त्यसपछि कैलालीको धनगढी झरेर त्यहाँको आमसभालाई सम्बोधन गरेका थिए ।

देउवाले आफ्नो निर्वाचन क्षेत्रका परशुराम र अजयमेरुमा आयोजित सभालाई सम्बोधन गरेका थिए ।

मंगलबार भने देउवाले कैलाली-५ मा चुनाव प्रचारमा सक्रिय छन् । देउवाको सचिवालयका अनुसार उनी आज त्यस क्षेत्रमा पार्टीका आन्तरिक भेटघाटमा व्यस्त हुनेछन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका छविराज पन्त उम्मेदवार रहेका छन् ।

देउवा भोलि त्यहाँबाट दार्चुला र बैतडीका आमसभामा सहभागी हुन जाने उनको सचिवालयले जनाएको छ ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ कात्तिकमा चुनावी सभा दार्चुलाबाट सुरु गरेका थिए । त्यसै दिन बैतडी र कञ्चनपुरको आमसभालाई पनि सम्बोधन गरेका ओलीले बाग्लुङ र पोखराको सभालाई समेत सम्बोधन गरिसकेका छन् ।

मंगलबार आफ्नो निवास बालकोटमै आन्तरिक भेटघाटमा व्यस्त रहेका ओली साँझपख झापा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । ओलीले चुनावभर करिब ४० जिल्लाका सभालाई सम्बोधन गर्ने एमालेले जनाएको छ ।

यस्तै १७ कात्तिकमा चुनाव प्रचार सुरु भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा पुगेर आफ्नो चुनाव क्षेत्रको आमसभामा सहभागी भएका थिए । दुई दिन गोरखामै बसेर उनले करिब दर्जन साना, ठूला चुनावी सभालाई सम्बोधन गरेका थिए ।

मंगलबार भने प्रचण्ड कर्णाली पुगेका छन् । पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र बाहिर पुगेका प्रचण्डले मंगलबार कर्णालीका विभिन्न पाँच चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस