८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले र लोसपाका उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी क्षेत्र नं. ३ का उम्मेदवार महन्थ ठाकुर, नेकपा (एमाले)को तर्फबाट प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं. ३ (२)का उम्मेदवार हुकुमबहादुर बस्नेत तथा प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरण पत्रमा ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिह्नअंकित पम्प्लेट लिई वितरण गर्न हिँडिरहेको देखिने सामग्री संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको, बस्नेतले आफ्नो निर्वाचन प्रचारप्रसार गर्दा बालबालिकाको प्रयोग गरेको फोटो समेतको सामग्री आयोगमा प्राप्त भएको, तथा नेपालले बालबालिकाको समूहमा हात मिलाउँदै ‘भोट के मा खुकुरीमा’ भनी नारा लगाउन लगाएको देखिने श्रव्य दृश्य सामग्री समेत संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको उल्लेख छ ।

स्पष्टीकरण पत्रमा ठाकुर र नेपाललाई कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा आ–आफ्नो जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण जवाफ पेस गर्न निर्देशन दिएको छ ।

बस्नेतलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पेस गर्न निर्देशन दिइएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट)लाई उल्लेख गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ । तपाईँले बालबालिकाहरू जम्मा गरी आफ्नो निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल रहेको देखिन्छ ।’

पत्रमा उम्मेदवारले निम्नानुसारका प्रश्नहरूको जवाफ दिनुपर्ने
(क) तपाईँले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ?

(ख) निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भई सकेको अवस्थामा तपाईँले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने कार्य गर्नुभएको हो ?

(ग) निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईँले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?

प्रतिक्रिया दिनुहोस