७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सागर ढकाललाई चुनाव प्रचारमा रोक नलगाउन आयोगको निर्देशन

अ+ अ-

काठमाडौँ । डडेल्धुरामा स्वतन्त्र उम्मेदवार सागर ढकाललाई प्रशासनले माइकिङ गरेर चुनाव प्रचार प्रसारमा रोक लगाएको घटनाप्रति निर्वाचन आयोगले कडा आपत्ति जनाएको छ।

मंगलबार गृह मन्त्रालयलाई पत्राचार गर्दै आयोगले कुनै पनि नागरिकले चुनावमा भाग लिएर प्रचार प्रसार गर्न पाउने अधिकार हनन् नगर्न निर्देशन दिएको हो।

निर्वाचन आचारसंहिताले खुला प्रचारका लागि समय दिएको अवस्थामा उम्मेदवारलाई माइकिङ गर्न नदिनु बहुदलीय लोकतान्त्रिक शासन प्रणालीविरुद्ध हुने आयोगले स्मरण गराएको छ।

काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमेत प्रतिस्पर्धी रहेको डडेल्धुरामा सोमबार प्रशासनले ढकाललाई माइकिङ गरेर चुनाव प्रचार गर्न रोक लगाएको घटना सार्वजनिक भएको थियो। ढकालले आफूलाई प्रशासनले चुनावमा जानै रोकेको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरेका थिए।

ढकालले गुनासो गरेको केही घण्टामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले चुनाव प्रचारमा अवरोध नगरेको दाबी गर्दै विज्ञप्ति निकालेको थियो।

आयोगले गृह मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने आम लोकतान्त्रिक विश्वासलाई कायम राख्नु आयोगको संवैधानिक जिम्मेवारी हो। आवधिक निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने हुँदा सार्वभौम मतदाता र आफ्नो लागि सार्वभौमको मत र विश्वास माग गर्ने उम्मेदवार दुवै कानून बमोजिम निर्वाचन प्रचारप्रसार गर्न स्वतन्त्र रहन्छन्। सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानूनबमोजिम निर्वाचन प्रक्रियामा निर्बाध सहभागी हुने अक्षुण अधिकार रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन हुँदैन।’

आयोगले गृह मन्त्रालयलाई ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन रूपमा प्रचार प्रसार गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न भनेको छ।

सम्बन्धित समाचार –‘डडेल्धुरामा मलाई प्रचार प्रसारमा रोक लगाइएको छ’ जोगाइदिनुस् : सागर ढकाल 

सम्बन्धित समाचार – सागर ढकाललाई कुनै अवरोध गरेका छैनौँ, सुरक्षा दिन्छौँ : डडेलधुरा प्रशासन

प्रतिक्रिया दिनुहोस