९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमशक्ति र प्रतिभा पलायन रोक्न कम्मर कसेर लाग्छु : रामचन्द्र पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले नमूना तनहुँ बनाउने सपना रहेको बताएका छन्।

व्यास नगरपालिका-११ तनहुँसुरमा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले वेदव्यासको जन्मस्थानमा १०८ फिट अग्लो निर्माणाधीन व्यास मूर्ति निर्माण गरेर यस क्षेत्रमा लाखौँ हिन्दुहरूको आकर्षक तीर्थस्थलको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

“पर्यटकीय नमूना बनाउनको लागि धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई विशेष प्राथमिकतामा राखिएको छ”, उनले भने, “यस निर्वाचन क्षेत्रमा रहेका ठूला धार्मिकस्थल, भानु साहित्य उद्यान, गिरिजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण सम्पन्न गरिनेछ।” देशकै नमूना क्षेत्रको रूपमा विकास गर्नका लागि विकासका योजना अघि बढाएर कायपलट गर्ने चाहना रहको उनले बताए। एक सय ४० मेघावाटको तनहुँ हाइड्रो सम्पन्न गराएर एक सय २६ मेघावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण भइरहेको उनले बताए।

उनले कृषि, पर्यटन र ऊर्जाशक्तिको विकास गरेर उद्योग ग्राम र औद्योगिक क्षेत्रको स्थापना गराइ, लगानी भित्राएर गाउँगाउँमा साना-ठूला कृषिजन्य र अन्य उद्योग स्थापना गराइ स्वदेशमै रोजगारी तथा गाउँगाउँमा आम्दानीको अवसर सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको बताए।

ठूला परियोजना सम्पन्न भएपछि यस क्षेत्रको विकासमा कायापलट हुने उनले बताए। श्रमशक्ति र प्रतिभा पलायन रोक्न ठोस प्रयासअघि बढाउन कम्मर कसेर लाग्ने उनको भनाइ थियो।

बुद्धसिंह मार्ग, भानु मार्ग, व्यास मार्गमालगायत सडकमा कालोपत्रे गर्न बाँकी भागमा कालोपत्रे गरिने नेता पौडेलले बताए। उनले अव्यवस्थित बसोबासीलाई चाडै नै लालपूर्जा प्रदान गर्ने योजना रहेको पनि बताए। गठबन्धन मुलुकलाई अग्रमनतिर लैजान गरिएको बताउँदै नेता पौडेलले प्रतिगामीलाई परास्त गर्न, सहिद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धन गरिएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस