११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्याप्टेन विजय लामामाथि क्यानको एक्सन, ​तत्कालका लागि उडानमा प्रतिबन्ध

अ+ अ-

काठमाडौँ । उडिरहेको विमानको ककपिटमा यात्रुलाई प्रवेश दिएर गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध लगाइएको छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई गत आइतबारदेखि उडानमा प्रतिबन्ध लगाएको हो ।

केही समयअगाडि दुबईबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी विमानको ककपिटभित्रै एक भ्लगरलाई प्रवेश दिएर क्याप्टेन लामाले गम्भीर सुरक्षा लापरबाही गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । सोही विषयमा क्यानले लामालाई क्यानको कार्यालयमा बोलाएर दुई दिनअघि यथाशक्य चाँडो स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

दुबईबाट काठमाडौँ आउने क्रममा चिनियाँ एभिएसन भ्लगर साम चुइलाई विमानको ककपिटमै प्रवेश गराएको र यसबाट गम्भीर सुरक्षा लापरबाही भएको भन्दै उक्त विमानका क्याप्टेन लामालाई स्पष्टीकरण सोधी कारबाही गर्ने तयारी भएको हो । क्यानले यथाशक्य चाँडो स्पष्टीकरण पेस गर्न भनेपछि लामाले यस विषयमा छलफल गरिरहेका छन् ।

चिनिया भ्लगर साम चुईले गत ५ नोभेम्बरमा आफ्नो भ्लग युट्युबमा प्रकाशन गरेपछि यात्रुलाई ककपिटमा प्रवेश दिएको र उडान कर्मचारीसँग भिडियो वार्ता गरेको जानकारी आएको थियो । तर त्यसका लागि अनुमति नै नलिइएको पाइएपछि यसले गम्भीर सुरक्षा चुनौती थपिएको भन्दै लामालाई तत्कालका लागि उडानमा प्रतिबन्ध लगाएर स्पष्टीकरण माग गरिएको हो ।

क्यानका प्रवक्ता निरौलाका अनुसार तत्कालका लागि लामासँग स्पष्टीकरण माग गरिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभएमा र यसबाट लापरबाही पुष्टि भएमा उनको लाइसेन्स नै खारेज हुनेसम्मको कारबाही हुन सक्नेछ ।

फ्लाइट सेफ्टी रुलमा यात्रुलाई ककपिटमा प्रवेश दिनुलाई गम्भीर सुरक्षा चुनौती र लापरबाही मानिन्छ । इकोनोमी क्लासमा रहेका यात्रुलाई बिजनेस क्लास खाली भएमा उडान सुरु भएपछि त्यहाँ लैजाने अधिकार भने क्याप्टेनलाई दिइएको हुन्छ । तर ककपिटमै लगेर देखाउने हो भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पहिले नै अनुमति लिएको हुनुपर्नेछ । अनुमति नलिई यात्रुलाई ककपिटमा पुराएको विषयमा उनीमाथि स्पष्टीकरण सोधिएको हो ।

चिनिया एभिएसन भ्लगर साम चुई नेपाल आएपछि पनि लामालाई सँगै लिएर सगरमाथा क्षेत्रको भ्रमणमा निस्किएका छन् । लामा ती चिनिया भ्लगरसँगै सगरमाथा क्षेत्र घुमेर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस