१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’ को व्यवस्था हुनुपर्छ : अधिवक्ता अर्याल

अ+ अ-

काठमाडौँ । अधिवक्ता ओमप्रकाश अर्यालले पार्टीभित्र उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था हुनुपर्ने बताएका छन् । निर्वाचन पर्यवेक्षण समिति नेपालले काठमाडौँमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्ष्यमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रबन्ध’ विषयक अन्तरक्रियामा बोल्दै अधिवक्ता अर्यालले उम्मेदवार छनोट गर्दा पार्टीभित्र ‘प्राइमरी इलेक्सन’ गर्ने व्यवस्था हुनुपर्ने बताएका हुन् ।

उनले दलहरुलाई ‘प्राइमरी इलेक्सन’ का लागि निर्वाचन आयोगले निर्देशन नै दिनुपर्ने बताए । उनले यस्तो व्यवस्थाले संविधान र कानुन नमिचिने उल्लेख गरे । आयोगले पार्टीले यस्तो नगरेमा पार्टीको नेतृत्वलाई दण्डित गर्न सकेमा यो व्यवस्था लागू हुने उनले बताए ।

अधिवक्ता अर्यालले निर्वाचन आयोग स्वतन्त्र हुन नसकेको बताए । आयोगले कतिपय निर्णयहरू दलका ठूला नेताहरूलाई हेरेर गर्ने गरेको उनले आरोप लगाए । उनले समानुपातिक निर्वाचनको टिकट पैसा हुनेलाई मात्रै दिने गरिएको बताए ।

उनले स्वतन्त्र उम्मेदवारहरू निर्वाचनमा होमिएपनि विकल्प दिने औकातसहित नआएका बताए । उनले स्वतन्त्र उम्मेदवारहरूलाई पानीको फोकाजस्तै भनि टिप्पणी गरे । साना पार्टीहरू पनि अन्ततः अवसानतिर जानसक्ने उनको भनाइ छ । लक्ष्यविहीन स्वतन्त्रहरु बढी भएमा लोकतन्त्र, निर्वाचन प्रणाली र स्थिरतालाई असर पार्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस