१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

अ+ अ-

बझाङ । बझाङको साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ ।

जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

साइपाल गाउँपालिकाको पाँच वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

‘सडक सञ्जालले साइपाल जोडिएको छैन’, उनले भने, ‘त्यहाँबाट बोकाएर ल्याउन कम्तीमा तीन दिन लाग्छ, मतगणना पनि ढिलो हुने भएकाले तत्काल हेलिकप्टरबाट ल्याउने व्यवस्था गरिदिन भनेका छौँ ।’ मतपेटिका सङ्कलनलाई हेलिकप्टर माग गरिएको र निर्णय आउन भने बाँकी रहेको उनले बताए ।

साइपालका पाँच वटा मतदान केन्द्रको प्रत्येकमा सङ्घ, प्रदेश र समानुपातिक गरी चार वटा मतपेटिका हुन्छ । हरेक केन्द्रमा एउटा मतपेटिका थप पठाइएको हुन्छ । कर्मचारी केन्द्रमा खटिएकाले मतगणना सुरु गर्ने जनशक्ति पनि अभाव हुने हुँदा मतपेटिकासहित कर्मचारीलाई छिटो सदरमुकाम आउने व्यवस्थाका लागि हेलिकप्टर माग गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ ।

एक सय ८४ मतदान केन्द्र रहेको बझाङमा साइपाल गाउँपालिका वडा नं ५ मा रहेको यारुङकुरुङ डाँडा सबैभन्दा टाढाको दूरीमा रहेको मतदान केन्द्र हो । मतपेटिका, मतदान सामग्री भने दुर्गममा बोकाएर लैजाने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस