७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टि २० विश्वकप : न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनलमा

अ+ अ-

काठमाडौँ । पाकिस्तान अस्ट्रेलियामा जारी आइसिसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको छ ।

अब पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।

न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा मोहमद रिजवानले ५७ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै कप्तान बाबर आजमले ५३ रनको अर्धशतकीय इनिङ खेले । मोहमद हरिसले ३० रन जोड्दा शान मसुदले अविजित २ रन बनाए ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो।

न्युजिल्याण्डका लागि ड्रयाल मिचेलले अविजित रहँदै सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले ।

जेम्स निशमले अविजित १६ रन बनाए । कप्तान केन विलियम्सनले ४६ रन बनाए ।

डेभोन कोन्वेले २१ रन बनाउँदा ग्लेन फिलिप्सले ६ र फिन एलनले ४ रन जोडे । पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए । मोहमद नवाजको नाममा एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस