काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका दलहरूसँग देश र पार्टी चलाउने कुनै उद्देश्य नरहेको बताएका छन् ।
बुधबार झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले एमालेसँग मात्र जनताको अधिकार, देशको स्वाधीनता, विकासलगायतका एजेन्डा रहेको बताएका हुन् ।
ओलीले आगामी निर्वाचनमा एमाले विजयी नभए देश बर्बादीमा जाने बताए । ओलीले देश बनाउने अभियानमा एमालेमा आउन काँग्रेस, माओवादी केन्द्रलगायतका दलका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
त्यस्तै, उनले एकीकृत समाजवादी भन्ने पार्टी नै नभएको र एमाले सिद्ध्याउने खेल भएकाले मंसिर ४ पछि खेल अन्त्य हुने दाबी गरे ।