२६ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न माग, महानिर्देशक भट्टराइले दिए यस्तो प्रतिक्रिया !

अ+ अ-

काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागसँग आग्रह गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासङ्घको प्रतिनिधिमण्डलले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै निर्देशका जारी गर्न विभागसँग आग्रह गरेको हो ।

त्यसक्रममा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक कमल भट्टराइले व्यवसायीहरुको मागलाई आफूले सकारात्मक रूपमा लिएको र शीघ्र निर्देशका जारी गर्न पहल गर्ने बताए । यसका लागि आवश्यक अध्ययन गरी शीघ्र प्रक्रिया अगाडि बढाउने उनले आश्वासन दिए ।

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रस्ट निर्देशिका नहुँदा व्यवसायी मर्कामा पर्दै आएको उनीहरूले बताएका छन् । व्यवसायीले बजारको माग अनुरूप आपूर्ति व्यवस्था मिलाउनका लागि आवश्यक पहल गर्न पनि विभाग समक्ष आग्रह गरे । पछिल्लो समय बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा सुनचाँदी व्यवसायी मर्कामा परेका छन् ।

विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै नेपाल राष्ट्र बैङ्कले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको महासङ्घले जनाएको छ । पछिल्लो समयमा विभिन्न बैङ्कहरूमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदै आएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको ब्यवसायीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस