८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोप-२७ मा नेपालमा जलवायुबाट भएको असर सम्बन्धी वृत्तचित्र प्रदर्शन

अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७)मा नेपालमा जलवायु परिवर्तनले पुर्‍याएको क्षतिसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको छ ।

आगामी मङ्सिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म एल–शेखमा आइतबारदेखि प्रारम्भ भएको हो । सम्मेलनको चौथो दिन आज ग्रामीण पुनः निर्माण नेपाल र दिगो विकास इन्स्टिच्युटले आयोजना गरेको साइड इभेन्टमा ‘साथसाथै फाउन्डेसन’ले निर्माण गरेको सो वृत्तचित्र प्रदर्शन गरिएको हो ।

जलवायु वित्तमा महिला सहकारीको भूमिका विषयक कार्यक्रममा प्रदर्शन गरिएको वृत्तचित्रमा विशेष गरी हिमालय क्षेत्रमा जलवायु परिवर्तनले महिला र बालबालिकामा पारेको असरबारेमा चित्रण गरिएको छ । वृतचित्रमार्फत ‘कालापत्थर घोषणापत्र’ कार्यान्वयन सम्बन्धमा सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराइएको फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन्  ।

फाउन्डेसनको आयोजनामा गत वर्षको अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रमा ४० जना अगुवा महिलाको समूहले संयुक्त पैदल यात्रा गरी सर्वोच्च शिखर सगरमाथाको कालापत्थरमा विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको थियो ।

‘वुमन्स भ्वाइस फ्रम द हिमालयाज’ शीर्षकको वृत्तचित्रमा नेपालका उच्च हिमालय, मध्य पहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले पु¥याएको क्षति र त्यसले महिलाको जनजीवनमा पारेको प्रभावका बारेमा समेटिएको छ । वृत्तचित्रमा सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा हिउँको कमी हुँदै गएको, हिमनदी पग्लिने क्रम बढेको, पहाडी क्षेत्रमा बढ्दो बाढी पहिरो र त्यसबाट हुने क्षति, तराईमा बेमौसमी वर्षाले जनधन र अन्नबालीमा पुर्‍याएको क्षतिलगायत विषय समेटिएका छन् । यसैगरी सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्यदेखि डोल्पामा यसै वर्ष विपद्ले पुर्‍याएको क्षतिसमेत वृत्तचित्रमा समावेश छ । कार्बन उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि बर्सेनि जलवायु परिवर्तनको क्षतिबाट भने नेपाल सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाका जलवायुसम्बन्धी सल्लाहकार डा माधव कार्की, एलडिसी वाचका अर्जुन कार्की, एपिएमडिडीका लिडी नेक्पील, दिगो विकास इन्स्टिच्युटका आरती पौडेललगायतले जलवायु परिवर्तनका असरले महिलाको जनजीवनमा पारेको प्रभाव र त्यसको समाधान सम्बन्धमा अपनाउनुपर्ने विषयका बारेमा आफ्नो धारणा व्यक्त गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस