८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप : भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

अ+ अ-

काठमाडौं । इंग्ल्यान्डले अस्ट्रेलियामा जारी आठौँ संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ ।

एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको हो ।

अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरी फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

भारतले दिएको १ सय सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले १६ ओभरमा बिना विकेटको क्षतिमा १ सय ७० रन बनाउँदै पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा ओपनरद्वय  जोस बट्लर र एलेक्स हालेसले कीर्तिमानी साझेदारी गरे ।

अर्धशतकीय इनिङ खेलेका एलेक्स ८६ रनमा अविजित रहे । कप्तान बल्टर अर्धशतकीय इनिङ खेल्दै ८० रनमा अविजित रहे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले ।  यस्तै विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले ।

कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए ।

ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र आदील राशिदले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस