काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रताप्रति आफू प्रतिबद्ध रहेको रहेको बताएको छ ।
विशेष अदालतको फैसलाबारे गरेको टिप्पणीलाई लिएर सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एशोसिएसनले आपत्ति जनाएपछि अख्तियारले वक्तव्य जारी गर्दै स्पष्टीकरण दिएको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्ति जारी गर्दै अदालतको गरिमाप्रति अनास्था फैलाउने कल्पना समेत गर्न नसकिने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र न्यायपालिकाको अवधारणाप्रति सदाझै अविचलित रहने हुँदा आयोगबाट ७/२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणलाई सोही रूपमा बुझिदिन सम्बन्धित सबैमा आयोग हार्दिक अनुरोध गर्दछ ।’
सम्बन्धित समाचार : अख्तियारको वक्तव्यप्रति सर्वोच्चकै न्यायाधीशहरू असन्तुष्ट, संवैधानिक सीमा नाघ्न खोजेको निष्कर्ष
