१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री बडूलाई आयोगले सोध्यो स्पष्टीकरण, कारबाही गरी प्रतिवेदन पेस गर्न निर्देशन 

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वर उच्च माविमा चुनावी सभा आयोजना गरेकामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहितका उम्मेदवार र विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले चुनावी सभाका विषयमा दार्चुला १ (१) मा प्रदेशसभाका नेपाली काँग्रेसका उम्मेदवार विक्रम सिंह धामी र प्रदेशसभा १ (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी र प्रधानाध्यापक धनञ्जय जोशीसँग स्पष्टीकरण माग गरेको हो ।

त्यस्तै दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्न र प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र घटनाको प्रतिवेदन पेस गर्न निर्देशन दिएको आयोगले जनाएको छ ।

आयोगले मन्त्री बडूलाई सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्षमा प्रयोग गर्न नहुने निर्वाचन आचारसंहिताको व्यवस्था सम्झाएको छ । र आचारसंहिता उल्लङ्घनको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ ।

विद्यालयका प्रधानाध्यापक जोशीलाई चुनावी सभालाई विद्यालय प्रयोग गर्न दिनुको कारण माग गर्दै कारबाही गर्न नपर्ने कारण भए पेस गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस