७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ मतदाता भोट खसाल्न आतुर

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सरला पन्त आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पहिलो पटक मतदान गर्ने तयारीमा छिन् ।

जीवनमा पहिलो पटक मतदान प्रक्रियामा सहभागी बन्न पाउँदा आफूलाई धेरै उत्सुकता जागेको उनले बताइन् । ‘पहिलो पटक भोट हाल्दै छु कस्तो होला के होला भनेर उत्सुकता जागेको छ’, उनले भनिन्, ‘जताततै चुनावको मात्रै कुराकानी सुन्दा भोट खसाल्न आतुर छु ।’

उनले आफूले पहिलो पटक गरेको मतदान खेर नजाओस् भन्ने अपेक्षा गरेको बताइन्। गाउँमा गुणस्तरीय शिक्षा, युवालाई रोजगारीको सिर्जना हुनेगरी काम गर्नसक्ने र जनताको समस्या समाधानका लागि पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने उनले बताइन्। ‘हाम्रो देशमा रोजगारीको धेरै समस्या छ, मुख्य कुरा रोजगारीको अन्त्य हुनुपर्छ’, उनले भनिन्, ‘विकास गर्ने भिजन भएको, सक्षम र इमान्दार उम्मेदवारलाई मतदान गर्छु ।’

त्यसैगरी बेदकोट नगरपालिका–७ का राजेश भट्ट पनि पहिलो पटक मतदान प्रक्रियामा सहभागी हुँदै छन्। उनले पनि मतदान गर्न उत्सुकता जागेको बताए । ‘पहिलो पटक मतदान गर्न पाउँदा खुसी छु, मतदान गर्न आतुर पनि छु’, उनले भने, ‘भ्रष्टाचार नगर्ने, जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिन्छु ।’ उनले मत माग्न घरमा आउने उम्मेदवारले विकासका काम गर्ने आश्वासन दिएको बताए । ‘घरमा सबै पार्टीका उम्मेदवार आएका छन् विकास गर्छौँ, भोट दिनुस् भन्छन’, उनले भने, ‘उम्मेदवारहरुले गर्छु भनेका काम पूरा गर्छन् होला भन्ने लागेको छ ।’

भीमदत्त नगरपालिका–१८ का धीरज जोशी पनि मत हाल्न आतुर छन्। तर गाउँमा चोक चौतारोमा सुनिने नेताहरुप्रतिका नराम्रा टिप्पणीले भने नेताहरु आश्वासन मात्रै दिने हुन कि भन्ने भय रहेको उनले बताए । ‘नेताहरुको मात्रै विकास हुनु भएन जनताको पनि विकास हुनुपर्छ’, उनले भने, ‘आफूले सोचेजस्तो विकल्प नभए पनि राम्रो सक्षम उम्मेदवारलाई भोट हाल्छु ।’ उनले मतदान सबैभन्दा ठूलो दान भएकाले उम्मेदवारले यसको सदुपयोग गर्नुपर्ने बताए ।

नयाँ मतदाता मात्रै होइन पुराना मतदाता पनि मतदान गर्न आतुर छन् । बेदकोट नगरपालिका–७ का देवकी पन्त आउँदो मङ्सिर ४ मा चौथो पटक मतदान गर्दै छिन् । ‘अघिल्लो निर्वाचनमा मत दिएकाले राम्रो काम गर्न सकेनन् यसपटक मत परिवर्तन गर्छु’, उनले भनिन्, ‘हाम्रो क्षेत्रको विकास गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु ।’

चुनावी मिति नजिकिर्दै गर्दा निर्वाचन आयागले तयारी अन्तिम चरणमा पुगाएको छ । उम्मेदवार मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस