९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधवलाई ओलीको आग्रह-पहिलेका गल्ती सच्याएर आउनुस्, महत्वपूर्ण जिम्मेवारी दिन्छौँ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेका छन्।

‘पहिले गरेका गल्ती सच्याएर एमालेमै आउनुस्, हामी ती गल्ती बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन्छौँ,’ आइतबार सुर्खेतमा भएको पार्टीको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने।

यस्तै, नेकपा एमालेले बहुमत ल्याएर सरकार बनाउने उनले दाबी गरेका छन्।

ओलीले गठबन्धन गरेका दलहरू राजनीतिका बिचौलिया भएकोले जनताले उनीहरूलाई मत नदिने बताए।

अहिलेको निर्वाचनमा एमालेलाई हराउनका लागि देशी-विदेशी प्रतिक्रियावादीहरू मिलेर घेराबन्दी गर्न खोजिरहेको ओलीले बताए।

उनले देशमा भएका अधिकांश कामहरू एमालेको नेतृत्वमा भएको दाबी गर्दै गठबन्धन गरेका दलहरूले घोषणापत्र ल्याएर जनतालाई अलमल्याउन खोजेको आरोप लगाए।

उनले नेकपा एमालेले अहिलेसम्म एउटै घोषणापत्र, एउटै राष्ट्रियताको अभियान, विकासको अभियान, सुशासनको अभियान, समृद्धिको अभियान चलाउँदै आएको बताए।

यसपटक सुदृढ राष्ट्रिय शक्तिको निर्माण गर्न एमालेलाई जिताउन उनले आग्रह गरे।

‘अहिलेको चुनाव देशको भाग्य र भविष्य बदल्ने पर्व हो, हामी सुकुम्बासी, भूमिहीनहरूका समस्या समाधान गर्न चाहन्छौँ,’ ओलीले भने।

अध्यक्ष ओलीले आइतबार कालिकोट र दैलेखमा भएका आमसभालाई पनि सम्बोधन गरेका छन्।

प्रतिक्रिया दिनुहोस