७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४५ मेगावाट विद्युत् भारत निर्यातका लागि स्वीकृति

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले थप ४५ मेगावाट विद्युत् भारत निर्यातका लागि स्वीकृति पाएको छ। भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले थप विद्युत् निर्यातका लागि प्राधिकरणलाई स्वीकृति दिएको प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए।

सोलु जलविद्युत्को २३.५ मेगावाट र चिलिमे जलविद्युत्को २२.१ मेगावाट बिजुली भारत निर्यात सुरु भएको छ। सोलु जलविद्युत्को बिजुली बेच्न भारतले गत शुक्रबार स्वीकृति दिएको थियो। यी दुई आयोजना थपिएपछि प्राधिकरणले करिब ४१० मेगावाट विद्युत् भारत निर्यात गर्न सक्नेछ।

निर्यात भएको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड-आईएक्स-को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री हुँदै आएको छ। प्रतियुनिट ४ देखि साढे ५ भारतीय रुपैयाँ (६.४ देखि ८.८ नेपाली रुपैयाँ) सम्म डे-अहेड बजारमा बिक्री भइरहेको प्राधिकरणले जानकारी दिएको छ। आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा बल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक बल्कको मूल्य फरक-फरक हुने गरेको छ।

तर, अहिले करिब ३ सय मेगावाटको हाराहारीमा मात्र विद्युत् निर्यात गर्न सकिएको प्रवक्ता भट्टराईले जानकारी दिए। वर्षा सकिएसँगै विशेषत निजी प्रवद्र्धकको उत्पादन घट्न थालेकोले स्वीकृति पाए जति निर्यात गर्न नसकिने उनले बताए।

निजी प्रवद्र्धकका आयोजना नदी प्रवाहमा आधारित भएकोले हिउँदयाममा खोलामा पानीको सतह घट्नेबित्तिकै उत्पादन पनि घट्छ। भट्टराईका अनुसार खोलामा पानीको मात्रा घट्न थालेसँगै करिब २० प्रतिशतले उत्पादनमा कटौती हुन सुरु गरिसकेको छ। प्रायः पूर्वी नेपालका आयोजनाहरूको विद्युत् उत्पादन क्षमतामा ह्रास आउन थालेको छ। हाल विद्युत्को आन्तरिक उच्च माग १५६९ मेगावाट छ भने जडित क्षमता २२ मेगावाटभन्दा बढी छ।

प्राधिकरणले गत भदौमा नै अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत् डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको थियो। ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमेको विद्युत् गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव भारतीय प्राधिकरणमा पेस गरिएको थियो। जसमध्ये दुई आयोजनाले मात्र कात्तिकमा आएर स्वीकृति पाएका हुन्।

प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखुखोला ए, २५ मेगावाटको काबेली बी-१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी-१ जलविद्युत् गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत् निर्यातको प्रस्ताव पनि गरेको थियो। गत वर्षको कात्तिकमा पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालित २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस