काठमाडौँ । सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरूको टोली अदली बदली गरिएको छ । कार्तिक २८ मा सिरियामा तैनाथ शान्ति सैनिकलाई बदली गर्न प्रमुख सेनानी रोशन थापाको कमाण्डमा १८३ जना सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाल एयरलाइन्सको एयरबस ए-३३० मार्फत सैनिक टोली मिसन इलाकातर्फ गएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सिरियामा फोर्स हेडक्वार्टर सपोर्ट युनिट १० औँ डफ्फा सहितका विभिन्न युनिट परिचालित थिए । ती युनिटलाई ११ औँ डफ्फासहितका युनिटहरूले बदली गरेका छन् । प्रमुख सेनानी मदन थापा नेतृत्वको दसौँ डफ्फाको टोली मंगलबार स्वदेश फर्किँदै छन् ।