८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामकुमार राई ‘पासाङ’ केन्द्रको मन्त्री बन्ने सम्भावना : प्रचण्ड

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन गणतन्त्रको रक्षा गर्ने र राजतन्त्रलाई ब्युँताउन चाहनेहरूबीचको जनमतसंग्रह भएको बताए। 

वाम-लोकतान्त्रिक गठबन्धन खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आसन्न निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीयताको रक्षा गर्नेहरू एकातिर तथा संविधान च्यात्ने, उल्ट्याउने र राजतन्त्र ब्युँताउन चाहनेहरूको अर्कोतर्फ रहेको जानकारी दिए।

माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले आगामी निर्वाचनमा देशभर सत्तागठबन्धनमा आबद्ध राजनीतिक दलको पक्षमा जनलहर देखा परिसकेकाले राजतन्त्रलाई ब्युँताउन चाहनेहरूको अभीष्ट पूरा नहुने दाबी गरे। 

‘देशभर भएका कार्यक्रमहरूमा जनताको अपार उपस्थितिले सत्तागठबन्धनका उम्मेदवारहरूको विजयलाई सुनिश्चित गरिसकेको छ,’ उनले भने, ‘खोटाङ जिल्लाको विकास र समृद्धि तथा जिल्लाको नेतृत्वको निम्ति, पार्टीको तर्फबाट, गठबन्धनको तर्फबाट र सरकारको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दछु।’

छिमेकी जिल्ला भोजपुर हुँदै हेलिकोप्टरबाट खोटाङ पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई ‘पासाङ’ केन्द्रको मन्त्री बन्ने सम्भावना रहेकोसमेत बताए। 

प्रतिक्रिया दिनुहोस