७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यू-१९ क्रिकेट सुदूरपश्चिम छनोट : कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै

अ+ अ-

दोधार चाँदनी । कञ्चनपुर र डडेल्धुरा यहाँ जारी वाइवाइ यू-१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

टस जितेर ब्याटिङ रोजेको कञ्चनपुरले निर्धारित ४० ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ७८ रन जोड्न सफल भयो । कञ्चनपुरका लागि राहुल चन्दले २३ बलमा सर्वाधिक २५ रन बनाए । यस्तै अभिषेक थापाले १२ बलमा १४ रन तथा हेमन्त धामीले १० बलमा १३ रन बनाए ।

यसैगरी ७९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको अछामले निर्धारित ४० ओभरको खेलमा १६ दशमलव पाँच ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ४८ रन बनाउन सक्यो । उसका लागि हरिश धामीले १७ बलमा सर्वाधिक १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । उक्त खेलको म्यान अफ दी म्याच कञ्चनपुरका हेमन्त धामी घोषित भए ।

त्यसैगरी अर्को खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित गर्‍यो । टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो । एक सय ४१ रनको लक्ष्य पछ्याएको कैलालीले २६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सक्यो । डडेल्धुराका लागि कप्तान कैलाश ऐरले २१ बलमा २४ रन बनाए । यस्तै अरुणप्रकाश दानीले ३१ बलमा १७, विकास ऐरले अविजित रहँदै १८ बलमा १७, निर्मल पुन मगरले ३७ बलमा १६, दिपक बोहराले १७ बलमा १४ तथा सचीन साउदले २३ बलमा १४ रन बनाए ।

जवाफी ब्याटिङ गर्ने क्रममा कैलालीका लागि नरेन साउदले १४ बलमा १८, प्रवेश साउदले २४ बलमा २४, सन्दीप विष्टले ३९ बलमा १४ र दिनेश ओडले २७ बलमा १४ रन बनाए । उक्त खेलको म्यान अफ दी म्याच डडेल्धुराका कृष्ण विष्ट घोषित भए ।

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले प्रदेशका सबै जिल्लाका टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरेर सुदूरपश्चिम प्रदेशको टोली बनाइने बताए। नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर सात गतेदेखि काठमाडौँमा वाइवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै छ ।

प्रतिक्रिया दिनुहोस