काठमाडौँ । काठमाडौँ-७ मा एमालेबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
बिहीबार बालाजुमा पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवारी दिएका मानन्धरले बाँकी काम पुरा गर्नका लागि यो पटक आफू घण्टाघर चुनाव चिन्ह लिएर उम्मेदवार भएको बताउँदै आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने बताए ।
काठमाडौँ ७ मा अघिल्ला दुई संसदीय निर्वाचन जितेका मानन्धरलाई यसपटक एमालेले टिकट नदिएपछि बागी उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । नेता मानन्धरले आफू निर्वाचित हुने निश्चित भएसँगै एमाले र माओवादीका उम्मेदवारमा छटपटी बढेको दाबी गरे । स्थानीय तह निर्वाचनमा एमाले नेतृत्वले काँग्रेससँग जोडेर आरोप लगाएकाले आफूलाई न्याय दिनका लागि काँग्रेस कार्यकर्ताले समेत साथ दिने मानन्धरको दाबी छ ।