७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको विरोध गरेको भन्दै कमल थापाको आक्रोस-लिङ्देन विश्वासघाती र अवसरवादी हो !

अ+ अ-

काठमाडौँ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का एमाले उम्मेदवार तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्ना पुराना सहकर्मी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध आक्रामक बनेका छन्।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै थापाले झापामा एमालेको सहयोगको निम्ति याचना गर्ने लिङ्देनले मकवानपुरमा आएर एमालेविरुद्ध विष बमन गरेको आरोप लगाए।  

अघिल्लो आमनिर्वाचनम आफूले केपी ओलीसँग अनुनय, विनय गरेर लिङ्देनलाई जिताएको दाबी गर्दै थापाले ओलीविरुद्ध संसदमा दुईपटक अविश्वास प्रस्ताव पेस हुँदा दुवैपटक अनुपस्थित भएर लिङ्देनले धोका दिएको आरोप लगाए। 

थापाले लिङ्देन विश्वासघाती र अवसरवादी रहेको दाबी गरे। अध्यक्ष थापाले राप्रपाका उम्मेदवार दीपक सिंह देशी विदेशी शक्तिहरूको हतियारको रूपमा प्रयोग भएकोसमेत उल्लेख गरे।

उनले सत्तारुढ गठबन्धनलाई पनि अस्थिर सरकार भएको आरोप लगाउँदै वर्तमान गठबन्धनको अस्थिर सरकारभन्दा केपी ओली नेतृत्वको सरकार देशको निम्ति उपयुक्त भएको दाबी गरे।

थापाले एमाले अध्यक्ष ओलीको प्रशंसा गर्दै भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरूभन्दा त्यसविरुद्ध डटेर लड्ने र भारतले कब्जा गरेको भूमि चुच्चे नक्सामा समेट्ने नेता ओली राष्ट्रवादी भएको बताए। उनले मुलुकको बृहत्तर हितका लागि ओली नेतृत्वको गठबन्धनका उम्मेदवारहरूलाई जिताउन पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस