९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसका मुद्दा पूर्ण सम्बोधन नहोउन्जेल हाम्रो आन्दोलन जारी रहनेछ : महन्थ ठाकुर

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेसका समस्यालाई आफूले निर्वाचनमा उठान गरेको बताएका छन् । महोत्तरी–३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरले चुनावी अभियानबीच आज कुराकानी गर्दै नागरिकताविहीन अवस्था आउन नदिन आफूले अनवरत प्रयास गरिरहेको बताए ।

उनले भने, “हामीले संविधान लेखन र घोषणाकै बेलादेखि मधेस मुद्दा सम्बोधन भएन भनेर असहमति राख्दै आएका छौँ  । यी मुद्दा पूर्ण सम्बोधन नहोउन्जेल हाम्रो आन्दोलन जारी रहनेछ ।”

अध्यक्ष ठाकुरका अनुसार यसअघिको सरकारले नागरिकता समस्या सम्बोधनको प्रयत्न गरेको देखाए पनि यसभित्र कुटिल दलीय अहंकारको प्रवेशले समाधान हुन सकेन । आफ्नो दलले यो समस्या यथाशक्य चाँडो सम्बोधन होस् भन्ने चाहिरहेको उनको भनाइ छ । 

आफूले निर्वाचन अभियानका क्रममा आम मतदाताबाट उच्च समर्थन पाइरहेको हुँदा जीतमा संशय नरहेको उनको भनाइ छ । हालको पाँचदलीय सत्तागठबन्धनका उम्मेदवार ठाकुरका पक्षमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन जनाएका छन् । 

महोत्तरी-३ मा यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ का लागि ९९ हजार नौ सय ३० मतदाता छन् ।

निर्वाचनमा प्रतिनिधिसभाका लागि यस क्षेत्रबाट तीन महिलासहित २१ उम्मेदवार छन् । यसमा स्वतन्त्रको सङ्ख्या १० छ । क्षेत्रभरिमा ७८ मतदानस्थलमा एक सय २९ मतदान केन्द्र रहेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस