८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह ईफाप्काको अध्यक्षमा चयन  

अ+ अ-

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण सङ्गठनहरूको छाता सङ्गठन (ईफाप्का)को अध्यक्ष चयन भएका छन् । 

माल्दिभ्स्को राजधानीमा मालेमा शुक्रबार सम्पन्न ईफाप्काको ४५ औँ सम्मेलनले अध्यक्षमा सिंहलाई चयन गरेको हो । ईफाप्काको महासचिवमा महासङ्घका सल्लाहकार विरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासङ्घका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन भएका छन् । 

वर्णानुक्रम अनुसार (ईफाप्का)का सदस्य राष्ट्रहरूले सङ्गठनको नेतृत्व गर्ने प्रचलनअनुसार माल्दिभ्सपछि नेपालको पालो आएको हो । यसअघि सन् १९९८ मा नेपालका गणेशलाल श्रेष्ठ ईफाप्का अध्यक्ष चयन भएका थिए । मालेमा आयोजित कार्यक्रममा ईफाप्काका निवर्तमान अध्यक्ष माल्दिभ्सका मोहमद अलि जनाले ईफाप्काको नयाँ अध्यक्षको रूपमा सिंहलाई कार्यभार हस्तान्तरण गरे । 

अध्यक्ष सिंहसहित नयाँ कार्य समितिका सबै बोर्ड पदाधिकारी र सदस्यहरूले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ । 

यसबीच, नवनियुक्त अध्यक्ष रवि सिंहको अध्यक्षतामा शुक्रबार बसेको पहिलो बोर्ड बैठकले ईफाप्काको आगामी मिड टर्म बैठक सन् २०२३ को जुनमा मंगोलियामा र ४६ औँ ईफाप्का सम्मेलन सोही वर्षको नोभेम्बरमा काठमाडौँमा आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । 

सन् १९५६ मा स्थापना भएको ईफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घ आबद्ध रहेको छ । नेपालले सन् १९९३ मा ईफाप्काको सदस्यता लिएको हो । 

ईफाप्काको ३० औँ सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो । ईफाप्कामा हाल एसिया प्रशान्त क्षेत्रका १९ राष्ट्र आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस