काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रहेका कृष्णकुमार श्रेष्ठ (किसान) विरुद्ध प्रचारप्रसार गर्ने तीन जनालाई नेपाली काँग्रेसले निलम्बन गरेको छ।
शनिबार केन्द्रीय अनुशासन समितिले नेकपा एकीकृत समाजवादीका किसानविरुद्ध लागेको भन्दै तीन जनालाई निलम्बन गरेको संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए।
काँग्रेसका जिल्ला उपसभापति अमिरीलाल राउत भेडियर, सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई निलम्बन गरेको हो।
उनीहरू किसानविरुद्ध लागेको उजुरी पाएपछि काँग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा (३४) बमोजिम समितिले पार्टीको सदस्यता नरहने गरी निलम्बन गरेको हो।
