११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरका मतगणना स्थलमा तारजाली

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले यसपटक मतगणनास्थलमा तारजाली नहुने बताए पनि सुरक्षा निकायले भने सबै मतगणनास्थलमा तारजाली लगाएको छ ।

गणनाका क्रममा मतपत्र च्यात्ने जोखिम आकलन गरी देशैभरका मतगणनास्थल तारजालीले घेरिएको हो ।

‘निर्वाचन आयोगले मतगणनामा तारजाली नलगाउने प्रस्ताव राखे पनि जोखिम लिन सक्दैनौँ, कसैले मतपत्र च्यातेमा त्यसको जिम्मेवार हामी नै हुनुपर्छ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘त्यसकारण सबैजसो मतगणनास्थलमा तारजाली लगाइएको छ ।’

विगतमा मतगणनामा बसेका प्रनिनिधिबाटै मतपत्र च्यात्ने घटना भएकाले त्यसयताका निर्वाचनमा तारजाली लगाउन थालिएको छ ।

तीन साताअघि आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणनास्थलमा यसपटक तारजाली प्रयोग नगरिने बताएका थिए । तर, सुरक्षा ब्रिफिङपछि आयोग तारजाली प्रयोगमा सहमत भएको छ ।

मतगणनास्थलमा सिसिक्यामेरासमेत जडान गरिएको छ । मतगणनास्थल आसपास गणना नसकिएसम्म मदिरा बेच्नसमेत रोक लगाइएको छ ।

उच्च हिमाली तथा दुर्गम क्षेत्रमा रहेका मतदानस्थलबाट मतपेटिका हेलिकोप्टरमा ओसारिने भएको छ । शनिबारसम्मको विवरणअनुसार ६३ मतदानस्थलबाट मतपेटिका हेलिकोप्टरमा जिल्ला सदरमुकाम ओसार्ने तय भएको छ ।

कर्णालीका धेरैजसो जिल्लामा मतपेटिका ओसार्न हेलिकोप्टरको माग भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुन थालेकाले सडक मार्ग अवरुद्ध भएपछि हेलिकोप्टरबाट मतपेटिका ढुवानी गर्न लागिएको हो ।

ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा, कालिकोट, बझाङलगायत जिल्लाका दुर्गम मतदानस्थलबाट हेलिकोप्टरमा मतपेटिका ढुवानी गरिनेछ ।

सिन्धुपाल्चोक र सप्तरीबाट पनि गृह मन्त्रालयमा होलिकोप्टरको माग भएको छ । तर, गृहले भने त्यहाँ हेलिकोप्टर उपलब्ध गराउन नसकिने जानकारी दिएको छ । सप्तरीको गोबरगाडा मतदानस्थलबाट कोसी नदीको भँगालो पार गरेर मतपेटिका ओसार्नुपर्ने भएकाले हेलिकोप्टर माग भएको हो । पर्याप्त हेलिकोप्टर नभएकाले सोमबार ढुवानी गर्न गृहले निर्देशन दिएको छ ।

निर्वाचनमा सेनाका साथै निजी हेलिकोप्टर पनि प्रयोग गर्न लागिएको छ । इटहरी, बर्दिवास, पोखरा र सुर्खेतमा सेनाको हेलिकोप्टर केही दिनयता तयारी अवस्थामा तैनाथ गरिएको छ ।

काठमाडौँमा १० स्थानमा मतगणना
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा काठमाडौँ जिल्लाभित्र १० स्थानमा मतगणना हुने भएको छ । यसअघि काठमाडौँका सबै क्षेत्रको राष्ट्रिय सभागृहमा मतगणना हुँदै आएको थियो ।

यसपटक हरेक क्षेत्रमा छुट्टाछुट्टै मतगणनास्थल कायम गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । ‘यसपटक काठमाडौंको मतगणनालाई विकेन्द्रित गरेका छौँ, हरेक क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुन्छ, यसले मतगणना पनि छिटो हुन्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने । यसपटक राष्ट्रिय सभागृहमा भने कुनै पनि क्षेत्रको मतगणनास्थल तोकिएको छैन । मतगणनाका लागि समेत सबै तयारी भइसकेको प्रजिअ उपाध्यायले बताए । सबै मतदान केन्द्रमा सिसिक्यामेरासमेत जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस