काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रुपैयाँ २६ पैसा र बिक्री दर १३५ रुपैयाँ ८८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ४६ पैसा र बिक्री दर १५६ रुपैयाँ १८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५६ पैसा र बिक्री दर ३५ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।
