९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर, जोरायलमा मतदान रोकियो

अ+ अ-

काठमाडौँ । डोटीको मतदान स्थलमा डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ।

जिल्लाको शिखर नगरपालिका–८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्डहवाइ फायर गरिएको हो।

भीड तितरबितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए।

केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भए पछि मतदान पुनः सुरु भएको जनाइएको छ। १७ सय मतदाता रहेको उक्त मतदान स्थलमा ५०६ मत खसेको छ। अहिले मतदान जारी रहेको प्रहरीले जनाएको छ।

यस्तै डोटीकै जोरायल गाउँपालिका ३ रावतकट्टेमा रहेको रत्न माध्यमिक विद्यालयमा भइरहेको मतदान भने रोकिएको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि वितरण हुँदा मतदान स्थगित भएको हो।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको क्रम संख्या ९०१ देखि ९१८ सम्मको मतपत्र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि वितरण गरिएको थियो। मतदाताले उक्त विषय थाहा पाएपछि सोही क्रम सङ्ख्याभित्रका पछिल्लो ४ जनाले भने पुनः मतदान गरेका छन्। बाँकी १४ मत बदर गर्ने वा मतदान प्रक्रिया नै स्थगित गर्ने भन्ने विषयमा अहिले विवाद भइरहेको छ।

मतदानस्थलमा खटिएका विभिन्न दलका प्रतिनिधिहरूले कर्मचारीको लापरबाहीका कारण समस्या भएको बताएका छन्। अहिले उक्त समस्याको हल निकालेर मतदान सुचारु गर्न पहल भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस