काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
काठमाडौँ ४ मा अहिलेसम्म एक हजार पाँच सय ११ मत गन्दा काँग्रेसका गगनकुमार थापाले छ सय ६७ मत प्राप्त गरेका छन् । उनलाई एमालेका राजन भट्टराईले पछ्याइ रहेका छन् । भट्टराईले छ सय ६३ मत प्राप्त गरेका छन् ।
यस्तै राप्रपाका ठाकुर मोहन श्रेष्ठले ६४ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईँले २८ मत प्राप्त गरेका छन् ।