९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा मतगणना सुरु

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तरगत बैतडीमा पनि मतगणना सुरु भएको छ ।

मतगणना कार्य सोमबार अपराह्न साढे ४ बजेदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।

सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना थालिएको हो ।

प्रतिनिधि सभा र प्रदेशसभा प्रत्यक्षको मतगणना सुरु भएको र त्यसपछि समानुपातिकको मतगणना गरिने छ ।

मतगणना मतगणनास्थलमा सीसी क्यामेरा र तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा बैतडीमा कुल मतदाताको ५२.२२ प्रतिशत मत खसेको थियो । १ लाख ५० हजार १५६ मतदाता रहेकामा ७८ हजार ४१६ मत मात्रै खसेका थिए ।

प्रतिनिधिसभाका लागि १ र प्रदेश सभाका लागि २ क्षेत्र रहेको बैतडीमा २२ जना चुनावी मैदानमा रहेका छन् ।

प्रतिनिधि सभामा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर ‘विजयसुन्दर र एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै, प्रदेश सभा क्षेत्र नम्बर १ मा गठबन्धनबाट नेपाली काँग्रेसका वीरबहादुर विष्ट, नेकपा एमालेका सुरेन्द्र पाल र स्वतन्त्रबाट हरिमोहन भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । प्रदेश सभा क्षेत्र नम्बर २ गठबन्धनबाट नेपाली काँग्रेसका शिवराज भट्ट र एमालेका लिलाधर भट्टबीच प्रमुख प्रतिस्प्रर्धाको अनुमान गरिएको छ ।

गएको वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत हेर्दा बैतडीमा गठबन्धन दलको मत ५१ हजार ८२१ रहेको छ । एमालेको भने ३५ हजार ४८ मात्रै रहेको छ । काँग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४० र राप्रपाको २ हजार ४ मत प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस