काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् ।
एक हजार एक सय मत गणना हुँदा आफ्ना निकटतम प्रतिस्पर्धीको तुलनामा शाही तेब्बरभन्दा बढी मतले अघि छन् ।
राप्रपाका उम्मेदवार शाहीले ७१६ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतिस्पर्धी तथा नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले २३८ मत पाएकी छन् ।
सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले जम्मा ५६ मत पाएका छन् ।