काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवार वीरबहादुर बलायरले प्रारम्भिक अग्रता बनाएका छन् ।
एक हजार ३४८ मत गणना हुँदा बलायर आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार लेखराज भट्टको तुलनामा करिब एक सय मतले अगाडि छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायरले ७०३ मत प्राप्त गर्दा भट्टले ६०५ मत पाएका छन् ।
तेस्रो स्थानमा राप्रपाका जयबहादुर धामी र नेपाल संघीय समाजवादी पार्टीका भिमबहादुर थापाले १२/१२ मत पाएका छन् ।