काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ को जारी मतगणनामा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल दोस्रो स्थानमा झरेका छन् ।
जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार एकबहादुर रानाले पौडेललाई उछिनेका हुन् । प्राप्त नतिजाअनुसार ९ हजार ७५६ मतगणना हुँदा पौडेल १३२मतले पछि परेका हुन् ।
त्यहाँ एमालेका रानाले ३ हजार ३४२ मत प्राप्त गर्दा काँग्रेसका पौडेलले ३ हजार २१० मत पाएका छन् ।