काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको अग्रता कायमै छ ।
उनका प्रतिस्पर्धी एमालेका अमृत खड्का ३ हजार ६ सय ४४ मतले पछाडि परेका छन् । कार्कीले ९ हजार ८ सय मत पाएकी छन् भने खड्काले ६ हजार १ सय ५६ मत पाएका छन् ।
माओवादी केन्द्रकी पम्फा भुसालले ३ हजार ९ सय ६८ मत ल्याएकी छन् । अहिलेसम्म यो क्षेत्रमा २२ हजार ३ सय ७६ मत गनिसकिएको छ ।