८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेलधुराका जनता भगवान् हुन्, गाली नगर्नुस्, उहाँहरूको गल्ती छैन : सागर

अ+ अ-

काठमाडौँ । डडेलधुराबाट प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेलधुरावासीलाई गाली नगर्न आग्रह गरेका छन् ।

बिहीबार प्रेस विज्ञप्ति निकालेर ढकालले डडेलधुराका जनता भगवान् सरह रहेको र उनीहरूको कुनै गल्ती नरहेको बताएका छन् ।

उनले भनेका छन्–‘उहाँहरूको गल्ती केही पनि छैन । मेरो मत १३ हजारभन्दा बढी आएको छ जुन निकै राम्रो हो । यसमा अहिले मैले सच्चिनु पर्ने मुख्य रूपमा नेता र प्रशासन देखेको छु । गगन वा प्रकाशमान सिंहले जत्तिको पनि आचारसंहिता मानेको भए ढुक्क मेरो २५ हजार मत आउँथ्यो शेरबहादुरको १३ हजार मत पैसा र मौन अवधिमा भ्रमको बेजोड खुल्लमखुल्ला चलखेल भयो । बजारमा यसको असर त केही पनि भएन तर डाँडाका गाउँमा अन्तिमको भ्रम सागर गुल्मी गइसक्यो भन्ने पत्याइदिनु भयो । डाँडाडाँडमा ४ महिना लगाएर निकै दुःख गरेर दाँतबाट पसिना बगाएर बनाएको माहौल ५–७ दिनको हेलिकप्टर, पैसा र भ्रमले उडाइदियो ।’

उनले गाउँका जनताको आर्थिक अवस्था कमजोर रहेका कारण पैसा बाढिएकाले पैसाको खोलो बगाउने नेताप्रति आक्रोश व्यक्त गरेका छन् । उनले गठबन्धन दल र प्रधानमन्त्री पदको खुलेआम नियम कानुनको धज्जी उडाउँदै पैसाको ओइरो लगाएको आरोप लगाएका छन् ।

उनले आफूले पाएको मत निकै शक्तिशाली मत रहेको बताउँदै अब दुई चार दिने हेलिकप्टरको हावाहुरीले जनतालाई केही पनि नहल्लाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस