७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकार्य गर्न आतुर छौँ भन्दै काठमाडौँबाट चुनाव जित्नेलाई बालेनको बधाई 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौँबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल मार्फत काठमाडौँका ९ जना सांसदको तस्बिर राखेर बधाई दिँदै बालेनले महानगर सहकार्य गर्न आतुर रहेको बताएका हुन् । उनले काठमाडौँ १० बाहेक अरू सबै क्षेत्रबाट निर्वाचित सांसदको तस्बिर राखेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० मा भने काठमाडौँ महानगरको कुनै पनि वडा पर्दैन ।

‘काठमाडौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन तपाईँहरू सबैको साथ आवश्यक हुनेछ । तपाईँहरूसँग सहकार्य गरी काठमाडौँ बनाउन हामी आतुर छौँ,’ उनले भनेका छन् ।

देशकै राजधानी रहेको काठमाडौँ महानगरमा देशभरिका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा जोडिनु पर्ने भन्दै महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्ने बालेनले बताएका छन् ।

सांसदहरूसँगको सहकार्यको विषयमा बालेनले भनेका छन् ‘कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरू यसरी अन्तरसम्बन्धसित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार व्यवस्थापन फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरूको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ । ’

प्रतिक्रिया दिनुहोस