६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशको प्रतिनिधिसभामा नेकपा एमाले ‘नील’ 

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभातर्फ कर्णाली प्रदेशका १० वटा जिल्लामा १२ निर्वाचन क्षेत्र छन् । १२ निर्वाचन क्षेत्रमध्ये ९ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भैसकेको छ । हाल मुगु, कालिकोट र हुम्लामा मत गणना जारी छ । जारी मत गणना रहेका स्थानमा पनि एमाले उम्मेदवार पछि छन् । 

मत गणना जारी रहेका क्षेत्रमा यदि कुनै चमत्कार नभए ती क्षेत्रमा पनि एमालेले हार बेहोर्ने निश्चित छ । यदि त्यसो भए प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिङ्गो कर्णाली प्रदेशमा एमालेको उपस्थिति नहुने निश्चित छ । 

हालसम्म समाजवादीबाट सल्यानमा प्रकाश ज्वाला, डोल्पाबाट धनबहादुर बुढाले जितेका छन् भने मुगुमा जारी मत गणनामा काँग्रेसका उम्मेदवार ऐनबहादुर शाही ठकुरीले अग्रता लिएका छन् । 

त्यस्तै जुम्लामा राप्रपाका ज्ञानेन्द्र बहादुर शाही निर्वाचित भैसकेका छन् भने कालिकोट र हुम्लामा माओवादी केन्द्रका उम्मेदवार महेन्द्र बहादुर शाही र छिरिङ डम्डुल लामा फराकिलो मतान्तरसहित अग्रता बनाइरहेका छन् । जाजरकोटमा माओवादीकै शक्ति बस्नेत निर्वाचित भएका छन् भने दैलेख १ मा समाजवादीका अम्बरबहादुर थापा तथा २ मा काँग्रेसका दिक्पाल शाही र एमालेका लक्ष्मीप्रसाद पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ । यो क्षेत्रमा दुवैको मतान्तर १५० को मतान्तर रहेपनि एमाले उम्मेदवार पछि छन् । सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा काँग्रेसका पुर्णबहादुर खड्का र हृदयराम थानी निर्वाचित भैसकेका छन् । 

त्यस्तै रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मा प्रभाकर निर्वाचित भैसकेका छन् ।  प्रतिनिधि सभाको अलवा प्रदेश तर्फ यो प्रदेशमा एमालेले २ सिट जितेको छ भने २ सिटमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस