७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक, ३४ हजार बढी विद्यार्थी नन् ग्रेडमा

अ+ अ-

काठमाडौँ । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

गत ३० र ३१ भदौमा सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा एक लाख २६ हजार ६५३ जना सहभागी परीक्षार्थी मध्ये ९२ हजार ४४ जनाले मात्र ग्रेड प्राप्त गर्न सकेका छन् । बाँकी ६ जनाको परीक्षा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट अथवा १६०० मा एसएमएस गरेर हेर्न सक्नेछन् । परीक्षामा सहभागी भई सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको मितिले ७ दिन पश्चात् मात्र ट्रान्सक्रिप्ट, माइग्रेसन, प्राभिजनल र ग्रेडवृद्धि प्रमाणपत्रका लागि रसिद काट्न सक्नेछन् ।

परीक्षामा प्राप्त भएको कुनै विषयको ग्रेड अथवा अङ्कमा चित्त नबुझे १५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस