११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी कार्यकर्ताद्धारा पूर्व-पश्चिम राजमार्ग अबरुद्ध, नेता र प्रशासनबिच वार्ताको तयारी

अ+ अ-

सिरहा । नेकपा (माओवादी केन्द्र) कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सडक अवरूद्ध गरी प्रदर्शन गरिरहेको छन्।

सिरहा क्षेत्र नम्बर ३ मा निर्वाचित भएपछि एमालेका लीलानाथ श्रेष्ठसहितको विजय र्‍यालीमा सहभागी कार्यकर्ताहरूले शुक्रबार साँझ निकटतम् प्रतिद्वन्द्वी माओवादीका विश्वनाथ साहका दाइ शिवनाथ साहको घरमा ढुंगामुढा गरेको विरोधमा गए रातीदेखि माओवादी कार्यकर्ताले सडक अवरूद्ध गरेका छन्।

राती करिब १० बजेपछि प्रहरीले बाटो खुलाएको थियो। एमाले कार्यकर्ताले ढुंगामुढा गर्दै झ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाएको माओवादी कार्यकर्ताको आरोप छ।

टाउकोमा चार वटा टाँका लगाइएका साहको अहिले गोलबजारस्थित लाइफ लङ अस्पतालमा उपचार भइरहेको छ।

नवनिर्वाचित सांसद श्रेष्ठले माफी माग्नुपर्ने र दोषीलाई पक्राउ गर्नुपर्ने प्रदर्शनकारीको माग छ। घटनाको विरोधमा माओवादी कार्यकर्ताहरूले बजारसमेत बन्द गराएका छन्। तथापी गाडीहरू स्कटिङ गरेर पास गराइने गरिएको सिरहाका डिएसपी सुवास बुढाथोकीले बताए ।

सडक खुलाउन एमाले, माओवादी र स्थानीय प्रशासनबीच वार्ताको तयारी भइरहको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस