८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सचिव गुरुङलाई तेस्रो पटक संसद प्रवेशको अवसर

अ+ अ-

लमजुङ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ तेस्रो पटक संसद प्रवेश गर्ने अवसर प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले पछि पार्दै विजयी बनेका एमाले सचिव गुरुङ तेस्रो पटक संसद प्रवेश गर्न सफलता पाएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गरेका छन् भने उपविजेता माओवादी केन्द्रका महासचिव गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन् ।

कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गत विसं २०७४ मा एमालेसँग नेकपा (माओवादी केन्द्र)को तालमेल रहेको थियो । सो बेलामा पृथ्वी सुब्बा लमजुङ प्रदेश (२) बाट उम्मेदवार र देवप्रसाद लमजुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दै दुवै जनाले जित हासिल गरेका थिए । पृथ्वी सुब्बा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सफल भए भने देवप्रसाद सांसद मात्र भएका थिए ।

अघिल्लो निर्वाचनमा एक अर्काको सहयोगी बनेर काँग्रेसविरुद्ध उभिए पनि यस पटक भने, माओवादी केन्द्र काँग्रेसलगायत गठबन्धनसँग मिलेर एमालेविरुद्ध नै प्रतिस्पर्धामा उत्रिएको थियो । जिल्लामा यी दुई कम्युनिस्ट नेताबिच पहिलो पटक प्रतिस्पर्धा भएको थियो ।

विजयी एमाले नेता पृथ्वी सुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट काँग्रेसका दिलबहादुर घर्तीलाई ६ हजारको मतान्तरले हराउँदै विजयी भएका थिए । तत्कालीन गिलुङ गाविस–८, टक्सार हाल क्व्होलासोथर गाउँपालिका–९ गिलुङमा विसं २०१४ गङ्गाप्रसाद र चिनी गुरुङको सन्तानका रूपमा जन्मिए । उनको राजनीतिक यात्रा विसं २०२७ मा इशानेश्वर प्रमोद हाइ स्कुल, भोर्लेटारमा अनेरास्ववियुका तर्फबाट स्ववियु सचिव निर्वाचित भएसँगै सुरु भएको हो ।

उनले सक्रिय राजनीति भने विसं २०३४ देखि गरेका थिए । विज्ञानमा स्नातक गरेका गुरुङ सुरुमा शिक्षण पेसामा समेत आबद्ध थिए । वि।सं २०४० मङ्सिरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । उनी शिक्षण पेसामै हुँदा आन्दोलनमा उत्रेकाले पटक पटक प्रहरी हिरासतमा समेत परेका थिए ।

विभिन्न पार्टीको पदमा निर्वाचित हुँदै एमाले पार्टीको यसअघि भएको दसौँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका थिए । एमालेका गुरुङले वि।सं २०४८, विसं २०५१, विसं २०५६ र विसं २०७० को निर्वाचनमा पराजित भएका थिए ।

विसं २०६४ मा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भएका थिए । गुरुङले आदिवासी जनजाति महासङ्घको नेतृत्वसमेत गरिसकेका थिए । कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि उनको अबको प्राथमिकता जिल्लाको आवश्यकताअनुसार पूर्वाधार विकास, सङ्घीयतालाई पूर्णरुपमा कार्यान्वयन गराउन पहल गर्ने बताए । वाम शक्तिबिच एकता गर्नका लागि सक्रिया भूमिकासमेत खेल्ने उनको भनाइ छ । ‘सुरुदेखि नै वाम शक्तिबिच एकता हुनुपर्छ । त्यो अभियान फेरि जारी रहन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस